रणवीरसँगको प्रेम कुनै उपलब्धी होइन: आलिया

Advertisement

काठमाडौँ । यतिबेला बलिउडमा आलिया भट्ट र रणवीर कपुरको प्रेम सबैभन्दा बढी चर्चा आउने गएको पाईन्छ । विगत केहि महिनादेखि एक अर्काको प्रेममा रहेका रणवीर र आलियाको जोडीलाई दर्शकले पनि निकै नै रुचाएका छन् । नव बर्ष २०१९ दुवैले आफ्ना परिवारका साथ न्यूयोर्कमा मनाएको कुरा आलियाले एक अन्तरवार्तामा बताएकी छिन् ।



त्यसैबीचमा भएको एक अन्तरवार्तामा आलियाले आफ्नो प्रेमलाई कुनै उपलब्धी नभएको बताएकी छिन् । उनी प्रेम एक सुन्दर चिज भएको तर यो नै सबै उपलब्धी भने होइन भन्छिन् । उनले रणवीरसँगको प्रेमको विषयमा पनि यहि कुरा बताएकी छिन् । त्यसका साथै आलिया आफ्नो प्रेमलाई सामाजिक सञ्जालमा बाहिर ल्याउनु भन्दा पनि  आफैभित्र राख्न चाहन्छिन् । सम्भवत २०१९ मा आलिया र रणवीरको विवाह हुने स्रोतले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement