टोटनह्याम कार्डिफ सिटीलाई ३–० ले पराजित गरि लिग तालिकाको दोस्रो स्थानमा

Advertisement

काठमाडौँ । बुधबार राति कार्डिफकै घरेलु मैदानमा भएको इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको टोटनह्याले कार्डिफ सिटीलाई ३–० गोलले पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । स्रोतका अनुसार टोटनहृयामको जितमा हृयारी केन, क्रिष्टियन इरिक्सेन र सोन हेयुङ मिनले समान १-१ गोल गरेका थिए ।

तथ्यांकअनुसार जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४७ अंक छ र तेस्रो स्थानमा झरेको छ । शीर्ष स्थानको लिभरपुलको २० खेलबाट ५४ अंक छ अर्थात टोटनह्याम ६ अंकले पछि रहेको छ ।

त्यस्तै बुधबार राति नै भएका अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराउँदा, आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

Advertisement

Advertisement

Advertisement