चक्लेट नै चक्लेटले बनेको सडक

Advertisement

एजेन्सी । तपाईले सानो हुँदा चक्लेटको घर, चक्लेटको जंगलका बारेमा बालकथाहरुमा प्रशस्तै सुन्नु वा पढ्नु भएको होला । तर जर्मनीमा यो बालकथाको संसारलाई वास्तविक मा उतार्ने प्रयास भएको छ ।

जर्मनीमा चक्लेटको सडक खण्ड निर्माण भएको छ । आश्चर्यको कुरा त के भने कुनै योजनामा आधरित रहेर निर्माण भएको चक्लेटको सडक भने होइन यो त अचानक निर्माण भएको सडक हो । जर्मनीको वेस्टनेन शहरमा रहेको एउटा चक्लेट उद्योगमा रहेको ट्याँकी लिक हुँदा चक्लेट सडकमा बिछिएको हो । उद्योगको ट्याँकी लिक भएर करिब एक टन चक्लेट सडकमा बगेको थियो ।

अत्याधीक चिसो भएको कारण चक्लेट जमेर सडक बन्द भएको छ । त्यसको केही समयपछि बारुद नियन्त्रक समूहका २५ कर्मचारी दलले तातो पानीको प्रयोग गरी सडकबाट चक्लेट सफा गरेको छ ।

Advertisement

Advertisement

Advertisement