रेशम चौधरीलाई सपथ खुवाएर फेरि जेल पठाइयो

Advertisement

काठमाडौं । टीकापुर घट्नाका मुख्य योजनाकारको आरोपमा जेलमा रहेका रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बिहीबार सभामुख कृष्णबहादुर महराले सपथ खुवाएका हुन् । रेशमलाई साँसदको ब्याच पनि प्रदान गरियो ।

थारु भाषामा पद तथा गोपनीयताको सपथ लिएका रेशमले आफू निर्दोष रहेको र त्यो कुरा जनताले जनमतबाट पनि प्रष्ट पारिसकेको भन्दै अदालतले आफूलाई न्याय दिनुपर्ने बताए । थारु पहिरन र ढाका टोपीमा सिंहदरबार प्रवेश गरका रेशम चौधरी कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय जनता पार्टीका तर्फबाट विजयी भएका थिए ।

निर्वचित भएको एक वर्षपछि उनले पद तथा गोपनीयताको सपथ लिन पाएका हुन् । टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक दुधे बालकको निर्मम हत्या भएको थियो । घटनापछि फरार रहेका उनले फरार रहेकै बेलामा चुनाव जितेका थिए ।

सो घटनाका मुख्य योजनाकारका रुपमा औंल्याइएका रेशमलाई यसअघि नै सपथ खुवाउने प्रयास भए पनि विशेष गरी प्रहरी संगठनबाट विरोध भएपछि त्यसलाई रोकिएको थियो ।

चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि २०७४ फागुन ११ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका रेशमलाई मुक्त गरी सपथ खुवाउन राजपासहितका दलहरुले आग्रह गर्दै आएका थिए ।

आज सपथ खाएपछि उनलाई पुनः डिल्लीबजार काराबार लगिएको छ । सभामुख महराको निजी सचिवालयले शपथ लिएपछि चौधरी कारागारमै रहने जानकारी दिएको छ । अब उनी निलम्बित संसदको रूपमा जेलमा बस्नेछन् । प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोग लागेका साँसद स्वतः निलम्बित हुने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement