सिटी एक्स्प्रेसको 'लखपति एक्स्प्रेस' योजनाको तेस्रो महिनाको विजेता घोषणा

Advertisement

काठमाडौं । सिटी एक्स्प्रेसले “लखपतिएक्स्प्रेस” योजना अन्तर्गत तेश्रो महिनाको विजेता घोषणा गरेको छ ।

साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी हुन् । सिटी एक्सप्रेसले कम्प्लेक्स भवनमा एक कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले २०० रुपियाँकोे मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १०,००० रुपियाँ र दुई जनाले १००,००० जितिसकेका छन ्। ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी भएका थिए ।

Advertisement

Advertisement

Advertisement