स्वावलम्बन लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बाँके जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कोहलपुर बजार क्षेत्र, पिपरी, हवल्दारपुर, कौशिलानगर, विकासनगर, वानियाँभार, दिपनगर लगायत सम्झनाचोक र चिसापानी क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा कार्यक्रम आयोजना गरेको हो ।

पुस १६ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले हाल बहुबैकिङ्ग कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न यस प्रकारका कार्यक्रमले सहयोग पु¥याउने बताइन ।

कोहलपुर नगरपालिका वडा न. १ का अध्यक्ष गोपी खनालले कौशिलानगर क्षेत्रका सहभागिलाई सम्वोधन गर्दै हाल कतिपय घरपरिवारले आर्थिक कारोवार विगारेर घरखेत वेचविखन गरि अझ गरिव भएको, धेरै वित्तीय संस्थावाट कर्जा लिई फजुल खर्च गर्ने, आफनो जीवनस्तर उकास्न रकम परिचालन सहि तरिकाले नगर्ने कार्यले समाजमा विकृती फैलिएको पाइएको हुदा यस्तो वित्तीय साक्षरता कार्यक्रमले जीवनस्तर उकास्न, वचत गर्ने बानी र आफ्नो क्षमता अनुसार कर्जा लिई आयमूलक कार्यमा लगाउन मद्दत गर्ने बताए ।

शाखा प्रवन्धक चन्द्र वहादुर थापाले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना वनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको बताए ।

कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उपप्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement