वाइडबडीबारे उपसमितिको प्रतिवेदन अस्वीकार्यः सञ्चारमन्त्री

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सरकारले नस्वीकार्ने बताएका छन्।

मन्त्रिपरिषदको निर्णय जानकारी दिन मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले उपसमितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तो गरी प्रचार गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई स्वीकार गर्न नसकिने बताए ।

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी ‘ए ३००’ जहाज खरिद गर्दा चार अर्ब ३५ करोड ५६ लाख रुपियाँ भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको थियो ।

मन्त्री बास्कोटाले भने, ‘उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिले के निर्णय गर्छ ? त्यसपछि मात्र सरकारले निर्णय लिन्छ । यो विषयमा सरकारले छुट्टै समिति बनाएर छानबिन गर्न पनि सक्छ।’

Advertisement

Advertisement

Advertisement