चौरासी बर्षीय वृद्धको विपन्न युवतीहरुलाई उच्च शिक्षा पढाउने इच्छा

Advertisement

काठमाडौं । उमेरले ८४ पुगेका श्यामप्रसाद उपाध्यायले विशेषगरी दुर्गम क्षेत्रका महिलाहरुलाई उच्च शिक्षा पढाउन अग्रसर भएका छन् । विगतदेखि नै विद्यालय स्थापनादेखि अन्य समाजसेवाका क्षेत्रमा काम गर्दै आएका उनले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकाहरुलाई सहयोग गर्न लागेका हुन् । उनी काठमाडौं आलोकनगर निवासी हुन् ।

उनले कल्पवृद्ध नामक संस्था निर्माण गरी एक लाख रुपियाँको अक्षय कोष आफै खडा गरेका छन् । उपाध्यायले सरकार, व्यवसायिक संघसंस्था र इच्छुक व्यक्तिहरुमार्फत कोष बढाउँदै लगिने छ । यस कोषबाट एसईई परीक्षा पास गरेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न आर्थिक सहयोग प्रदान गरिने छ ।

यस सहयोग अभियानमा सहभागी हुन चाहनेहरुलाई सार्वजनिक सुचनामार्फत आह्वान गरिने र छनोट कमिटिमार्फत निश्चित संख्याका यस्ता विद्यार्थीहरुलाई तत्काललाई कक्षा ११, अर्को बर्ष १२ को अध्ययन गर्न रकम प्रदान गरिने छ । कोषको रकम बढ्दै गएपछि स्नातक तहको अध्ययनमा पनि सहयोग गरिने उपाध्यायले बताए ।

महिला भनेका आमा हुन, पृथ्वी हुन् । उनीहरुले पढ्नु भनेको समाज उज्यालो हुनु हो । ग्रामीण क्षेत्रमा हेर्यो भने धेरै केटिहरुलाई स्कुलसम्म जेनतेन बढाइए पनि उच्च शिक्षा अध्ययन गर्न आर्थिक समस्या देखाउँदै पढाइँदैन । उनीहरुलाई पढाउन सहयोग र प्रोत्साहन गरौं भनेर मैले प्रयास गरेको ।

Advertisement

Advertisement

Advertisement