कैलालीको मोहन्यालमा पुग्यो सिटिजन्स बैंक

Advertisement

कैलाली । सिटिजन्स बैंकले कैलालीको मोहन्यालमा  ८१ औं शाखा सञ्चालनमा ल्याएको छ । मोहन्यालआज एक कार्यक्रम आयोजना गरी  बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु सञ्चालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोली सकेको छ ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको बताएको छ ।

यस सिटिजन्स बैंकले देशभर आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement