अन्तिम समयमा प्रधानमन्त्रीलाई समेत अभिनन्दन गर्ने भनिएपछि लगानी सम्मेलन विवादमा

Advertisement

इलाम । प्रधानमन्त्रीको गृहजिल्लासँगैको जिल्ला इलाममा लगानी भित्र्याउने उद्देश्यले शुक्रबार हुन लागेको लगानी सम्मेलन विवादमा परेको छ । आयोजकले पछिल्लो पछिल्लो समयमा एकाएक प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने योजना बनाएपछि सम्मेलन विवादमा परेको हो ।

सम्मेलनको उदघाटनमा प्रधानमन्त्री ओली सहभागी हुँदैथिए । सर्वपक्षीय छलफलपछि इलामको विकासका लागि लगानी भित्राउने उद्देश्यले गरिएको सम्मेलनमा राजनीतिकरण गर्ने काम भएको भन्दै विशेषगरी नेपाली काँग्रेसले विरोध सुरु गरेपछि सम्मेलन प्रभावति भएको छ ।

इलाम काँग्रेसले विज्ञप्ति नै जारी गरी अन्तिम समयमा आएर अभिनन्दन गर्ने योजना बनाइएको प्रति विरोध जनाएका छन् । काँग्रेसले ओलीको सबैतिर आलोचना भइरहेको र देशमा शान्ति शुरक्षा पनि खस्कँदो अवस्थामा रहेको, हत्या, बलात्कार र संस्थागत भ्रष्टाचारका कारण ओलीले आलोचना खेपिरहेको बेला उनैलाई अभिनन्दन गर्दा इलामबासीको मान मर्यादा र चेतनाको अवमूल्यन हुने जनाएको छ ।

साथै, कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिँदै नगरभरि पर्चा पनि छरेको छ भने कार्यक्रमको प्रचारका लागि टाँगिएका ब्यानरहरुमा रहेको प्रधानमन्त्री ओलीको तस्बिरमा कालो पोतिएको छ ।

कांग्रेसको विरोधपछि टुँडीखेलमा हुने भनिएको अभिनन्द स्थल गौतमबुद्ध सभागृहमा सारिएको छ । अहिले जताततै प्रहरी तैनाथ गरिएको छ ।

लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागेका हुन् ।

Advertisement

Advertisement

Advertisement