वाइडबडी विमान सम्बन्धी प्रतिवेदन संशोधन हुने, लेखा समितिले उपसमितिलाई दियो निर्देशन

Advertisement

काठमाडौं । वाइडबडी विमान सम्बन्धी संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितितले तयार पारेको प्रतिवेदन संशोधन हुने भएको छ ।

शुक्रबार सिंहदसबारमा बसेको संसदको लेखा समिति बैठकमा सहभागी सदस्यले प्रतिवेदन अपुरो भएको भन्दै आपत्ति जनाएपछि प्रतिवेदन संशोधन हुने भएको हो ।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको लेखा समिति अन्तरगतको उपसमितिले निष्कर्ष निकालेको थियो ।

उक्त प्रतिवेदनमाथि लेखा समितिमा आज भएको छलफलमाा विवाद भएपछि संशोधन गर्ने निर्णय भएको हो । समितिले उपसमितिलाई आवश्यक संशोधनसहित सोमबारको बैठकमा पेश गर्नका लगि निर्देशन पनि दिएको छ ।

Advertisement

Advertisement

Advertisement