मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध कर छलीको मुद्दा दायर

Advertisement

काठमाडौं। राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध आय कर छली गरेको भन्दै मुद्दा दायर गरेको छ। तामाङले वैदेशिक रोजगारीमा जानेहरुसँग अवैध रुपमा रकम असुली गरी सृजित आयबाट सरकारलाई तिर्नुपर्ने आय कर नतिरेको विभागको आरेप छ ।

तामाङ स्काई ओभरसिजका सञ्चालक हुन्। उनको मेनपावर कम्पनीको सुनसरीमा पनि शाखा छ।

विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङ पूर्व एमाले निकट नेपाल उद्योग ब्यापार संघमा आवद्ध ब्यक्ति हुन्।

तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार ६ करोड ४ लाख विगो र १३ करोड ५३ लाख जरिवाना गरी १९ करोड ५७ लाख रुपियाँ मागदावीसहित मुद्दा दायर भएको छ।

विभागले वैदेशिक रोजगारीको क्षेत्रमा पहिलोपटक अनुसन्धान अगाडि बढाएको हो। वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

Advertisement

Advertisement

Advertisement