नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि तीन जनाको नाम सिफारिस

Advertisement

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको हो। सिफारिस भएका तीनै जना टेलिकममा आवद्ध भएर कार्य गरेका व्यक्ति हुन्।

सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्री परिषदले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्नेछ ।

संगीता अर्याल र डिल्ली अधिकारी कम्पनीको दशौं तहमा कार्यरत व्यवस्थापक हुन् भने बुद्धिप्रसाद आचार्य भने यसअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक भइसकेका व्यक्ति हुन्।

अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत छन् भने अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन्।

चार्टर्ड एकाउन्टेन रहेका बुद्धिप्रसाद आचार्य महाप्रबन्धक हुनु पहिले केही समय टेलिकमको कम्पनी सचिवको रुपमा पनि काम गरेका थिए।

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सुचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।

डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी अर्याल, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय छनोट समितिको संक्षिप्त सुचीमा परेका थिए । आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन्।

संक्षिप्त सूचीमा परेका मध्यबाट उनीहरुले प्रस्तुत गरेको व्यवसायिक योजना र अन्तर्वार्ताको आधारमा छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

Advertisement

Advertisement

Advertisement