भृकुटी मण्डपमा शिखर सुजको ‘एकल सेल मेला’ १७५ रिुपियाँमै जुत्ता

Advertisement

काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरेको छ । मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइएको कम्पनीको दाबी छ ।

मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरे । मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले नेपाली जुत्ता उपयोग गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नेपाली नागरिकलाई आग्रहसमेत गरे ।

मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईले बताए । उनका अनुसार मेलामा १७५ रिुपियाँ मूल्यदेखिका जुत्ता चप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ता चप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् ।

‘सस्तो मूल्यमा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्,’ प्रबन्ध निर्देशक प्रसाइले भने, ‘राजधनीका ग्राहकलाई यस्तो अबसर फेरि नआउन सक्छ ।’

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका नयाँदेखि स्टक क्लियरेन्स गर्ने जुत्ता राखिएको कम्पनीले जानकारी गराएको छ । मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement