माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः विरेन्द्र महतो

Advertisement

काठमाडौं। माछापुच्छ्रे बैंकको पोखरामा सम्पन्न बार्षिक साधारणसभाले सञ्चालक समिति अध्यक्षमा डा विरेन्द्र महतोलाई चयन गरेको छ ।

यसअघि रोशन केसी अध्यक्ष थिए। त्यसअघि महतोनै अध्यक्ष थिए । सांसद भएपछि अध्यक्षबाट बाहिरिएका महतोलाई पुनः अध्यक्षको रुपमा ल्याइएकाो हो ।

। संसदले बैंक तथा वित्तीय संस्था ऐनमा संशोधन गर्दै सांसदहरु बैंक सञ्चालक समितिमा बस्न नपाउने ब्यवस्था गरेपछि उनले छाडेका थिए।

यसैगरी साधारणसभाले बैंकले प्रस्ताब गरको १० प्रतिशत नगद लाभांस दिने प्रस्तावसमेत पारित गरेको छ। विरेन्द्र महतोसँगै केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक चयन भएका छन्।

बैंकले गत बर्ष सवा अर्ब रुपैयाँ नाफा कमाएको थियो। बैंकको प्रति शेयर आम्दानी करिव १६ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ।

Advertisement

Advertisement

Advertisement