‘पाँच लाख होइन पाँच हजार पनि दिन सक्दिन’ भनेपछि कंसाकारलाई कालोमोसो

Advertisement

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि मोहन वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीसम्वद्ध युवाहरुले कालोमोसो दलेका छन् ।

पाँच लाख रुपियाँ चन्दा माग्न कंसाकारको कार्यकक्षमै पुगेका वैद्यसम्वद्ध युवाहरुलाई उनले पाँच हजार पनि दिन नसक्ने बताएपछि कालोमोसो दलेर हिंडेका थिए । वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै कंसाकारमाथि आरोप लागिरहेको उनीमाथि कालोमोसो दल्ने काम भएको हो ।

संसदको लेखा समितिल बनाएको एक उपसमितिले कंसाकारसहितले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको छ भने कंसाकार स्वयमले भने यसमा एक रुपियाँ पनि भ्रष्टाचार नभएको र अरुले भन्दा आफूले सस्तोमा जहाज ल्याएको बताउँदै आएका छन् ।

दिउँसो ४ बजेतिर कंसाकारलाई कालोमोसो दलिएको हो । क्रान्तिकारी युवाहरुले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संलग्न रहेकोले उनीमाथि कालोमोसो दलिएको जिकिर गरेको छ । वैद्य कै निर्देशनमा उक्त कारवाही गरिएको भन्दै युवा संगठनले आफ्नो विज्ञप्तिमा यस प्रकरणमा संलग्न बहालवालादेखि पूर्वमन्त्रीसम्मलाई कारवाही गर्ने योजना रहेको जनाएको छ ।

इन्जिनियर्स एशोसियशनको विरोध
नेपाल इन्जिनियर्स एशोसियशनले आफ्ना सदस्य एवं नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारमाथि शुक्रबार भएको अभद्र व्यवहारप्रति विरोध जनाएको छ ।

एशोसिशयनले एउटा सार्वजनिक पदमा रहेको नागरिकको सामाजिक प्रतिष्ठामा आँच पुग्नेगरी दुःखद हो भन्दै वाइडबडी जहाजको सरकारले छानविन गरिरहेको बेला कानुन हातमा लिएर दुव्र्यवहार हुनु निन्दनीय भएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement