मेगा बैंकबाट स्वास्थ्य शिविरका लागि सहयोग

Advertisement

काठमाडौँ । मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ ।

नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्यनिय सहभागिता थियो ।

यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा परिवारको बढी सहभागिता थियो ।

Advertisement

Advertisement

Advertisement