आज प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने, के जवाफ आउला त वाइडबडी भ्रष्टाचारमा ?

Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् ।

सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

दिउँसो १ बने बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारबारे उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए। तर, अन्तिममा त्यो स्थगित भएको थियो।

प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रकरणमा भएको भनिएको भ्रष्ट्राचारमा आफ्ना निकटस्थ ब्याक्तिहरुलाई मात्र बचाउनलाई लागिपरेको आरोप लागिरहँदा आजको सम्बोधनमा ओलीले यस भ्रष्टाचार प्रकरणको बारेमा के जवाफ देलान भन्ने कुराको सर्वत्र चासोका साथ हेरिएको छ ।

Advertisement

Advertisement

Advertisement