राष्ट्रिय सहकारी बैंकमा काँग्रेस र नेकपाले पद बाँडे, अध्यक्षमा उप्रेती करिव पक्का

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) र नेपाली काँग्रेसले पद भागबण्डा गरेका छन् । सातदेखि आठ पदको दावी गर्दै आएको काँग्रेसले पाँच सञ्चालक र एक लेखा समिति सदस्यमा चित्त बुझाएको छ भने बाँकी नेकपा पक्षले लिने भएको छ ।

कुल १८ पदका लागि भइरहेको चयन प्रक्रियामा १२ सदमा निर्विरोध भइसकेका छन् भने अध्यक्षसहित छ पदमा लागि आइतबार निर्वाचन भइरहेको छ । चार खुल्ला सञ्चालक र एक सञ्चालकका लागि चुनाव भइरहेको छ । प्रदेशतर्फको सञ्चालक पदमा कर्णालीबाहेक अन्यमा निर्विरोध चयन भइसकेका छन् । अध्यक्षमा नेकपा पक्षधर केपी उप्रेती मुख्य दावेदार छन् भने यसअघि नामै नसुनिएका रमेश घिमिरेले पनि अध्यक्ष पदका लागि उम्मेवारी दिएपछि सो पदमा पनि चुनाव भइरहेको छ ।

अध्यक्षमा काँग्रेसले उम्मेदवार उठाउन लायक व्यक्ति नपाएपछि सञ्चालकमा चित्त बुझाएको हो । बैंकमा नेकपा पक्षधरहरुको बलियो पडक भएकोले पनि उसले उम्मेदवार प्रस्तुत गर्ने आँट नगरेको हो । यसअघि पनि नेकपा पक्षधर रमेश पोखरेल अध्यक्ष थिए ।

यसअघि बैंकको प्रवन्ध सञ्चालक रहेका उप्रेतीले अध्यक्ष हुन केही दिनअघि राजीनामा दिएर बद्री गुरागाईंलाई आफ्नो ठाउँमा ल्याएका थिए । शनिबार सुरु भएको बैंकको साधारणसभा आज सकिँदै छ । सहकारी क्षेत्रको एक मात्रै बैंक भए पनि राष्ट्रिय सहकारी बैंकको प्रगति भने निराशाजनक छ ।

Advertisement

Advertisement

Advertisement