नेप्से घट्नेक्रम अझै रोकिएन, आज झनै ठूलो गिरावट

Advertisement

काठमाडौं । अघिल्लो साता पनि लगातार घटेको सेयर बजार सुचक नेप्से साताको पहिलो दिन आइतबार पनि घट्नेक्रम जारी भएको छ ।

आज नेप्से सुचक ७ दशमलव २२ अंकले घटेर एक हाजार १ सय ७० दशमलव ७९ अंकमा झरेको छ । अघिल्लो हप्ता नेप्से सुचक २६ अंकले घटेको थियो ।

आइतबार कारोबार रकम पनि न्युन रहेको छ । आज एक सय ५६ कम्पनीका ३१ करोड ३ लाख १४ हजार मूल्यका १३ लाख ६३ हजार ८ सय ५४ कित्ता सेयरको कारोबार भएको छ । यद्दपी यो कारोबार गत हप्ता बिहीबारको तुलनामा केही बढी हो ।

आजको कारोबारमा अन्य बाहेकका सबै समूहका सुचकहरुमा गिरावट आएको छ । दुर्बै बीमा समूह, लघुवित्त,उत्पादन, जलविद्युत र विकास बैंकका समूहमा आज दोहोरो अंकको गिरावट देखिएको छ ।

यसैरी वाणिज्य बैंक र होटल समुहका सुचकमा पनि क्रमश ६ दशमलव ८६ र ७ दशमलव ८ अंकको गिरावट आएको छ । अन्य समूहको सुचक भने आज ९ दशमलव ५४ अंकले बढेको छ ।

Advertisement

Advertisement

Advertisement