प्रभु बैंकको १०.२६ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । प्रभु बैंकले चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत  लाभांश दिने भएको छ ।

बैंकको आज बसेको सञ्चालक समिति बैठकले पाँच प्रतिशत बोनस र पाँच दशमलव २६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement