चितवनमा कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी हुँदै

Advertisement

काठमाडौं । कृषि क्षेत्रको समस्त बिकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्सले बिगत का वर्ष हरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहतअन्तराष्ट्रिय प्रर्दशनी यही माघ ११ गतेदेखि १३ गतेसम्म  प्रदेश नं.३ अन्तरगत भरतपुर को चितवन एक्पो सेन्टरमा आयोजना गर्न लागेको छ ।

प्रर्दशनीमा नेपाल, भारत, चिनलगायत का बिभिन्न १८ देशका कृषि सम्बन्धीकम्पनीहरु द्वारा १५० भन्दा बढी स्टल रहने ब्यहोरा मिडिया स्पेस सोलुसन्स प्रा.लि का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।

प्रर्दशनीमा कृषिका बिभिन्न बिधा हरु जस्तै, कुखुरा पालन, माछा पालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषि का नविनतम औजार, उपकरण, केरा खेती थोपासिचाई, र बिसादी रहित कृषि का बारेमा तालिम पनि सञ्चालन हुने भट्टराइले बताए ।

प्रदर्शनीमा साना साना औजार, मेसिनदेखि लिएर कृषि, डेरी तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनीलगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावितहुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्धनिर्देशक सर्जल भट्टराईले बताए ।

 

Advertisement

Advertisement

Advertisement