डिल्ली अधिकारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त

Advertisement

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)मा डिल्ली अधिकारी नियुक्त भएका छन्। अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगीता अर्याल पहाडीलाई पछाडि पार्दै अधिकारी एमडी नियुक्त भएका हुन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले अधिकारी, अर्याल र आचार्यको नाम सिफारिस गरेको थियो ।

डिल्ली अधिकारी र संगीता अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक थिए । अधिकारी प्रबन्ध निर्देशककै कार्यालयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत थिए भने अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन्।

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सुचीमा समावेश गरेर व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको लागि बोलाएको थियो।

विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी अर्याल, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय छनोट समितिको संक्षिप्त सुचीमा परेका थिए ।

आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन्।

Advertisement

Advertisement

Advertisement