‘वैधानिक ढंगले टेण्डर भएकाले मैले वाइडबडीको भुक्तानी गराएको हो’

Advertisement

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदका लागि भएको टेण्डर प्रक्रियामा कुनै त्रुटी नरहेको दावी गरेका छन् ।

संसदको छानविन उपसमितिले उनीसमेतलाई वाइडबडी जहाज खरिद गर्दा दोषी रहेको आरोप लगाएपछि त्यसको खण्डन गर्न सोमबार बिहान पत्रकार सम्मेलन गरेका हुन् ।

मन्त्री अधिकारीले जहाज खरिदको टेण्डर प्रक्रियामा आफ्नो कुनै संलग्न नरहेको भन्दै अनियमिततामा आफ्नो समेत हात रहेको भन्ने कुरा असत्य रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्ता तिरेको पनि बताए।

अधिकारीले भने, ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको निगमको ९ अर्ब जोखिममा पथ्र्यो । त्यो हुनबाट जोगाउन मैले भुक्तानी गराएको हो । उनले कानुन र वैधानिक रुपमा टेण्डर भएकाले त्यो आधारमा आफूले भुक्तानी गरिएको बताए ।

अधिकारीले वाइडबडीमा खरिदमा छानविनमा सघाउन आफू तयार रहेको भन्दै भने, ‘अनुसन्धान गर्न अख्तियार प्राप्त निकायलाई सहयोग मैले पूर्ण रुपमा सहयोग गर्छु । यदि कोही दोषी छ भने उम्कन पाउनु हुँदैन् । कारवाही हुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement