५ महिनामा १२ सय मेगावाटका आयोजनाका लागि अनुमतिपत्र जारी

काठमाडौँ ।  विधुत विकास विभागले चालू आर्थिक वर्षको ५ महिनामा १२ सय मेगावाटका आयोजनालाई अध्ययन अनुमतिपत्र दिएको छ । यसअवधिमा ६ सय मेगावाटको दूधकोसी जलविधुत आयोजनाको अनुमतिपत्र नेपाल विधुत प्राधिकरणले पाएको छ ।

विभागले एक सय मेगावाट क्षमताभन्दा माथि तीन आयोजनाका साथै २५ मेगावाटदेखि एक सय मेगावाटसम्म क्षमता भएका १० जलविधुत आयोजनाको अनुमतिपत्र जारी गरेको छ । हाल अनुमति पाएका आयोजनाले आगामी दुई वर्षभित्र अध्ययन पुरा गर्नुपर्ने विभागले जानकारी दिएको छ । यधपी आगामी ३ वर्षभित्र तीन हजार ५ सय मेगावाट विधुत उत्पादन गरेर हरेक नेपाली नागरिकलाई जलविधुत आयोजनाको शेयरधनी बनाउने लक्ष्य समेत सरकारले लिएको छ ।

united

सरकारले आगामी ३ वर्षमा तीन हजार मेगावाट, ५ वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विधुत उत्पादन गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न सबै प्रकारको उपायको खोजी गर्न लागिएको हो । सबैलाई लगानी गर्न दिने वातावरण बनाउँदा आयोजना निर्माणमा समेत अपनत्व हुने र काम गर्न सहज हुने सरकारले बताएको छ । मन्त्रालयले बढी प्रतिफल दिने, आकर्षक र छिट्टै सम्पन्न गर्न सकिने केही आयोजनाको सूची बनाएको छ । त्यसमा सर्वसाधारणको कम्तीमा ४९ प्रतिशत शेयर रहनेछ ।