शिवमको उपहार योजनामा  ६० जनाले पाए हेलिकप्टरबाट गोसाईंकुण्ड घुम्ने अवसर

Advertisement

काठमाडौँ । शिवम् सिमेन्टले जारी गरेको ‘लक्ष्मी हातमा देव दर्शन शिवमको साथमा’ योजना अन्तर्गत  पहिलो चरणमा ६० जना भाग्यशाली विजेताले हेलिकप्टरबाट गोसाईंकुण्ड यात्राको कुपन पाएका छन् ।  शिवमका अनुसार प्रत्येक कुपनबाट २ जनाले यात्रा गर्ने अवसर पाउनेछन् ।

यस योजना अन्तर्गत प्रत्येक १० बोरा सिमेन्टको खरिदमा स्क्रयाच कुपनमार्फत हात खाली नहुने गरी १०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म नगद र २.५० देखि १० ग्रामसम्म सुन उपहार समावेश गरिएको छ ।

यस्तै, शिवमले सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगानालेखि काठमाडौं–गोसाईंकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्रमा भाग लिनसक्ने व्यवस्था मिलाएको छ ।
यस योजना अन्तर्गत अझै करोडौंको नगद तथा सुन उपहारका साथै गोलाप्रथामा समावेश भई ३६२ जनाले हेलिकप्टरबाट गोसाईंकुण्ड यात्रा गर्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement