एटिएमबाट पैसा चोरी गर्ने दुई पक्राउ

Advertisement

भक्तपुर । भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटू रहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ ।

बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement