आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

Advertisement

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले गैरकानुनी रुपमाअकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तिारले खड्काले १८ करोड ६६ लाख ५ हजार रुपियाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयल निगमका लागि जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका खड्काले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा अकुत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

खड्काले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा ८९ लाख ८९ हजार रुपियाँ नगदै अदालत दाखिला गर्न भनिएको छ।

Advertisement

Advertisement

Advertisement