एसबिआई बैंकले १५ प्रतिशतभन्दा बढि मुनाफा दिने

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ दशमलव ७९ प्रतिशत मुनाफा दिने भएको छ । बैंकले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाँच प्रतिशत सेयर लाभांश र १० दशमलव ७९ प्रतिशत नगदा लाभांश दिन लागेको जनाएको हो ।

बैंकले आफ्नो २५औं बार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्न लागेको छ । गएको आर्थिक बर्षमा दुई अर्ब दुई करोड रुपियाँ मुनाफा आर्जन गरेको थियो । यो मुनाफा अघिल्लो आर्थिक बर्षको भन्दा २९ दशमलव ३२ प्रतिशत बढी हो ।

कर्जा निक्षेप अनुपात ७४ दशमलव ३८ रहेको एसबिआई बैंकको पुँजी पर्याप्तता अनुपात १५ दशमलव १५ रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ११ प्रतिशत रहनुपर्ने जनाएको छ । बैंकले आफ्नो कर्जाको गुणस्तरमा सुधार गर्दै निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव २० कायम गर्न सफल भएको छ ।

साथै, एसबिआई बैंकले यो बर्ष थप एक लाख २३ हजार नयाँ ग्राहक थपेर आठ लाख ३२ हजार पुर्याएको, इन्टरनेट बैंकिङ प्रयोगकर्ता १६ प्रतिशतभन्दा बढिले बढाएर ६६ हजार पुर्याएको, गत असारसम्म ८३ प्रतिशत रहेको, दुई अर्ब ४० करोड रुपियाँ साना तथा मझौला व्यवसाय कर्जा प्रवाह गरेको जनाएको छ ।

गत असारसम्म बैंकले ८४ अर्ब २२ करोड निक्षेप संकलन गरी ७५ अर्ब २३ करोड कर्जा प्रवाह गरेको थियो । पत्रकार सम्मेलनमा बैंकका प्रमुख अधिकृत अनुकुल भट्नागरले राष्ट्र बैंकको नीति निर्देशन अनुपालना र नयाँ प्रविधिहरुको प्रयोगमा एसबिआई सबैभन्दा अगाडि रहेको बताए ।

बैंकले आगामी दिनमा नविन क्षेत्रहरु पहिचान गरी ग्राहक आधार विस्तार गर्ने र आफ्ना उत्पादन र सेवाको विस्तार गर्ने उनले बताए । भारतको स्टेट बैंक अफ इण्डियाको मुख्य लगानी रहेको नेपाल एसबिआई बैंकमा कर्मचारी सञ्चय कोषको पनि ठूलै लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement