नेपाल बंगलादेश बैंकको एजीएम पुस २६ गते

Advertisement

काठमाडौं। नेपाल बंगलादेश बैंकको साधारणसभा पुस २६ गते  हुने भएको छ । सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकले अघिल्लो वर्षको चुक्ता पुँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने भएको छ । भने आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँरहेको छ ।

Advertisement

Advertisement

Advertisement