यो सिजनको ए डिभिजनको उपाधि पनि मनाङ मर्स्याङ्दीलाई

Advertisement

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको यो सिजनको उपाधि पनि मनाङ मर्स्याङ्दीले हात पार्न सफल भएको छ । उसले लिगको उपाधि आठौं पल्ट हात पार्न सफल भएको हो । मनाङ मर्स्याङ्दीले लिग अन्तर्गतका आफ्ना २ खेल खेल्न बाँकी छँदै उपाधि सुरक्षित गरेको हो ।

मंगलबार भएको अन्तिम खेलमा फ्रेन्डस् क्लबसँग १-० ले पराजित भए पनि यसअघिका १२ खेलमा उसले सत प्रतिशत जित निकाल्न सफल भएको हो । करिब ४ वर्षपछि भएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै मनाङले आफ्नो विजय यात्रा कायम राख्न सकेको हो ।

प्रतियोगिताको विजेता टोली मनाङ मर्स्याङ्दीले ५० लाख प्राप्त गरेको छ । साथै उसले एएफसी एसियन कप प्रतियोगितामा समेत भाग लिन पाउने भएको छ । यस्तै दोस्रो भएको संकटा क्लवले ३५ लाख तेस्रो भएको थ्रि स्टारले २५ लाख हात पारेका छन् ।

ए डिभिजन लिगको खेलमा उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, उत्कृष्ट गोलरक्षक मनाङका विशाल श्रेष्ठ भएका छन् भने उत्कृष्ट प्रशिक्षक मनाङकै सुमन श्रेष्ठ भएका छन् । उत्कृष्ट खेलाडीहरुले मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् । फेयर प्लेको उपाधि ब्रिगेड ब्वाइज क्लबले प्राप्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement