एनआइसी एसियालाई पुनः आइएसओ ९००१ː २०१५ प्रमाणपत्र

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले पुनः अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आइएसओ ९००१ः २०१५ पाउन सफल भएको छ । बैंकले पुनः गरिमामय प्रमाणपत्र पाउन सफल भएको भन्दै खुशी व्यक्त गरेको छ ।

साथै उसले विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आमजनमानसको मन जित्न आफू सफल भएको बताएको छ । यस्तो अवार्ड युनाइटेड रजिष्ट्रार अफ सिस्टम (यूआरएस) यूकेएएस–यूकेले प्रदान गर्ने गर्दछ ।

बैंकले पछिल्लो समय ग्राहकमुखी योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको तर्क गरेको छ ।

शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा एनआइसी एसिया अग्रणी बैंकमा पर्दछ । हाल उसका २७० शाखा, २८९ एटीएम, ३७ एक्सटेन्सन काउन्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् ।

Advertisement

Advertisement

Advertisement