निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा

Advertisement

काठमाडौं । भारतीय कम्पनी ‘क्रिस ह्वाइट ब्रिक एलएलपी’ले घर, भवन जस्ता संरचनाको लागी ‘एरेटेड कंक्रिट सेल्युलर’ (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ ।

यसको प्रयोग गरी संरचना निर्माण गर्दा लागत ३० प्रतिशतभन्दा बढीले कटौती हुने र फ्लाई एसबाट बनेको यो ब्लक वातावरणमैत्री हुने कम्पनिले जनाएको छ । यसले गर्दा स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसाबले सुरक्षित पनि हुने कम्पनिले दाबी गरेको छ ।

संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने र यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिने कम्पनिले जनाएको छ ।

एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एम÷सी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिलुलीको बिल ३० प्रतिशतले घटाउन सकिन्छ । यसको थर्मल कन्डक्टिभिटी केडब्लु–एम÷सी ०.१६ मात्र हुन्छ ।
एएसी ब्लक रातो इँटाभन्दा तीन गुणा हलुका हुन्छ । यसले भवनको भार मात्र घटाउँदैन ढुवानी लागत पनि कम पर्न आउँछ । यो ब्लक प्रयोग गर्दा भवनको समग्र भार ३० प्रतिशतभन्दा बढीले कम हुन्छ । भार कम हुने कारण बहुतल्ले र अग्ला भवन निर्माणमा यसको बढि प्रयोग हुने कम्पनिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement