संसदीय समितिबाट शिक्षा विधेयक पारित भएपछि आजैदेखि १६ औं अनसन सुरु गर्दै डा. केसी

Advertisement

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेपछि डा. गोविन्द केसीले १६ र्औ अनसन सुरु गर्ने भएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर केसीले १६ औं अनसन सुरु गर्न लागेका हुन्। केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुरानो भवनमा अनसनको तयारी गरेका छन्।

सरकारसँग भएको सम्झौता विपरित विधेयक पारित भएपछि केसीले १६ औं अनसनको तयारी गरेका हुन्। अपरान्ह पत्रकार सम्मेलन गरेर केसीले अनसन सुरु गर्ने तयारी गरेका छन्।

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन्।

कांग्रेस सांसद्‍ गगन थापाले समितिको बैठकमा सरकारले डा केसीसँग सम्झौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए। थापाको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उक्त विधेयक सामान्य छलफल गरी पारित गरेका थिए।

बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले केसीसँगको सम्झौता अनुसारनै विधेयक पारित गरिएको दाबी गरेका छन्।

Advertisement

Advertisement

Advertisement