टिभिएसको ग्रान्ड एक्सचेन्ज आयोजना आजबाट सुरु

Advertisement

काठमाडौं । टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता टिभिएसले काठमाडौं स्थित भृकुटीमण्डपमा आफ्नो ४ दिने ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रमको आयोजना गरेको छ ।

आजबाट सुरु भएको यो ४ दिने एक्सचेन्ज योजनामा टिभिएसले जुनैपनि कम्पनीको बाइक वा स्कुटर सित आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको छ ।

बजार विस्तार गर्ने यस उत्कृस्ट शैली टिभिएसले यस आयोजना मार्फत २० प्रतिशत डाउनपेमेन्टमा ० प्रतिशत ब्याजदर, रु ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम रु २५००० मुल्यांकन, रु सात हजार देखि  १००००० सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारहरु रहेका छन् ।

साथै उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य जाच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनि आयोजना गरिने भएको छ ।
टिभिएसले अन्य ब्रान्डका यस्ता एक्सचेन्ज कार्यक्रममा त्यही ब्रान्ड बाहेक अरु ब्रान्डका बाइकहरु नसाटिने हुदा यही मौकालाई लिएर आफ्नो ब्रान्ड विस्तार गर्न यस कार्यक्रमको आयोजना गरेको हो ।
टिभिएसले आगामि दिनहरुमा ग्राहकहरुके सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।

Advertisement

Advertisement

Advertisement