क्यान्सर सहयोग समूह र  क्यान्सर हस्पिटलको आयोजनामा 'सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो' हुँदै

Advertisement

काठमाडौं । नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा पुस २७ मा आयोजना गरिने “सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो” हुने भएको छ ।

नेपालमा डायवेटिज् उच्च रक्तचाप, मुटु रोगको नियमित परीक्षण गराउन नेपालीहरु केहि हद सम्म राजी भएता पनि क्यान्सर रोगको परीक्षणमा भने उनीहरु आल टाल गर्ने गरेको पाईएको छ । शरीरमा क्यान्सर सम्बन्धी केही लक्षणहरु देखा परे पछि मात्र उनीहरु नेपाल बाहिर विशेष गरेर भारतको विभिन्न अस्पताल अथवा स्वास्थ्य केन्द्रमा जचाउने गर्छन् ।

क्यान्सर रोगको बारेमा विभिन्न जानकारी, यसका लक्षणहरु र उपचार पछि नयाँ जीवन प्राप्त गर्नेहरुको क्यान्सर पछिको जीवन स्वाभाविक र सुन्दर हुन्छ भन्ने संदेश सम्प्रेशन गर्ने उद्देश्यले सुदिप्त क्यान्सर सर्भाईभर ¥याम्प शो को आयोजना गरिएको आयोजकले बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणले प्राथमिक तहमानै क्यान्सर पत्ता लाग्छ र उपचार पछि क्यान्सर निको हुन्छ, साथै क्यान्सर पछिको जीवन स्वाभाविक र स्वस्थ्य रहन्छ भन्ने कुराको जानकारी गराउनु नै यस ¥याम्प शो कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

¥याम्प शो बाहेक क्यान्सर सम्बन्धी सकारत्मक सूचना प्रवाह गर्ने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत यस ¥याम्पशो कार्यक्रममा समावेश गरिएको छ । गरिब तथा आर्थिक रुपमा विपन्न क्यान्सर विरामीहरुको उपचारमा सहयोग पु¥याउन कोष संकलन गर्ने उद्देश्यले पनि यो “सुदिप्त क्यान्सर सर्भाईभर ¥याम्प शो” आयोजना गरिएको आयोजकले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement