अब घरमै बसी बसी  मुक्तिनाथ विकास बैंकको खाता खोल्न सकिने

Advertisement





काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ ।

बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो ।

देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा  खाता खोल्न सक्नेछन् । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।







Advertisement

Advertisement

Advertisement