अष्ट्रेलिया र क्यानडा पठाउने भन्दै करोडौं ठगेका कन्सलटेन्सीका सञ्चालक पक्राउ

Advertisement

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले क्यानडा पठाईदिने भन्दै ठगी गर्ने  गेट्स कन्सलटेन्सीका सञ्चालक गणेश ढकाललाई  पक्राउ गरेको छ ।

पुतलीसडकस्थित रहेको उक्त  कन्सलटेन्सीका सञ्चालकले क्यानडा पठाउने भन्दै भक्तपुर सूर्यविनायक बस्ने आभाष खनालबाट सात लाख रकम लिएका थिए।  उनले खनाललाई क्यानडा नपठाएपछि सोही रकम बराबरको चेक दिएका थिए ।

तर, रकम नै नभएको चेक दिएर कन्सलटेन्सी समेत बन्द गरि ठगेर फरार भएका कारण महाशाखाले उनलाई पक्राउ गरी बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गरिरहेको महाशाखा प्रमु्ख एसएसपी धिरजप्रताप सिंहले बताए ।

ढकालले विभिन्न २५/३० जना व्यक्तिहरुसँग अष्ट्रेलिया र क्यानडा पठाउने नाममा डेढ करोड भन्दा बढि रकम उठाई बैंकमा रकम नै नभएको चेक दिएको समेत प्रहरीको अनुसन्धानबाट खुलेको एसएसपी सिंहले बताए ।

Advertisement

Advertisement

Advertisement