दोस्रो हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, १०० भन्दा बढी स्टल बुकिङ

Advertisement

काठमाडौं । यही माघ ४ गतेदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरु लागेको दास्रो हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । एक्स्पोको तयारीको बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो जानकारी गराएका हुन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको बारेमा स्वदेशी तथा विदेशी प्रदर्शकहरुबाट एक्स्पोका सम्बन्धमा सकारात्मक प्रतिकृयाहरु आउन थालेका इप्पानले बताएको छ ।

एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिङ गरिसकेको इम्पानका अध्यक्ष शैलेन्द्र गरागाईले जानकारी गराए । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।

आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन ।

यस पटक एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नविकरणीय उर्जा, वाताबरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत क्षेत्रका नयाँ आयाम लगायत विषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तरकृया गरिने आयोजकले जानकारी गराएका छन् ।

एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ । इप्पान, निती फाउण्डेशन तथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुने बताइएको छ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यता पहिचान गरि अघि बढ्न समेत विशेष पहल गर्नेछ ।

यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टूरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसि) ले एक्स्पोको सहप्रायोजन गरेको छ ।

साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।

युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिने छ । हाइड्रोपावरसम्बन्धि उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्र्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोैेट गरी पुरस्कार समेत प्रदान गरिने छ । यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार बितरण गरिनेछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने तय भएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement