नेपाल बंगलादेश बैंकको १०.५३ प्रतिशत नगद लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकको चौबिसौं बार्षिक साधारणसभाले  गत आर्थिक वर्ष २०७४÷७५ को मुनाफा तथा जगेडा कोषबाट शेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन ४८ अर्ब ५ करोड कर्जा, परिचालन ४३ अर्ब १३ करोड रहेको थियो ।

बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement