पृथ्वी जयन्तिमा नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै सार्वजनिक विदा

Advertisement

नेपालगन्ज । राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्म दिन आज पुस २७ गते मुलुकभर सार्वजनिक विदा दिन माग माग भइरहेको बेला केन्द्र सरकारले कुनै निर्णय गर्न नसके पनि नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख धवल शम्शेर राणाले जानकारी दिए । नगरपालिकाले विज्ञप्ति जारी गरि विदा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय सार्वजनिक बिदा हुनेछ ।’ मेयर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा विजयी भएका हुन्।

यसअघि पृथ्वी जयन्तिमा दिँदै आएको विदा कटौती गरेको भन्दै सरकारको सबैतिरबाट आलोचना हुँदै आएको छ ।

nepalgunj

Advertisement

Advertisement

Advertisement