चक्रपथको बाँकी खण्ड विस्तारमा आलटाल गरिँदै

Advertisement

काठमाडौं । कलंकीदेखि महाराजगन्ज हुँदै कोटेश्वरसम्मको चक्रपथ सडकको बाँकी खण्ड विस्तारको अझै सुरसार भएको छैन। चिनियाँ पक्षले यसको विस्तृत अध्ययन गरी डिजाइन तयार पारे पनि नेपाल पक्षले प्रारम्भका कार्यतर्फ ध्यान नदिएको बताउन थालिएको छ।

चिनियाँ पक्षले कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो पार्नुका साथै यसअघि नै कलंकी–महाराजगन्ज ८ किमि खण्डको विस्तृत अध्ययन गरेको थियो। तर नेपाल आउने समय भए पनि चिनियाँ पक्ष आउने मितिको टुंगो नभएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा बताए ।

चक्रपथको बाँकी खण्डको आर्थिक र प्राविधिक सहयोग चिनियाँ पक्षले नै गर्ने बताइएको छ। तर यसअघि नेपाल पक्षले बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रूख हटाउनुपर्ने हुन्छ। यसतर्फ नेपाल पक्षको ध्यान अझै गएको देखिँदैन।

सडक विभागका प्रवक्ता मुक्ति गौतम उक्त काम चक्रपथ सुधार योजनाले गर्नुपर्ने बताए । उनका अनुसार पनि चिनियाँ पक्षले सर्भे गरेर डिजाइनको काम गरिरहेको छ। इन्जिनियर शर्माचाहिँ कोटेश्वर–कलंकी खण्डको काम सम्पन्न गर्ने योजनाको लक्ष्य भए पनि थप जिम्मेवारी नआएकाले चक्रपथको कामतिर ध्यान नगएको दाबी गरे ।

तर कोटेश्वर–कलंकीजस्तै रप्mतारमा बन्नुपर्ने चक्रपथको बाँकी खण्ड नबन्दा अन्योल सिर्जना भएको छ। सडक साँघुरिएकाले जामको समस्या बढेको छ। हाइटेन्सन लाइन, नाङ्गो बिजुलीको तार, पोल, रूखको व्यवस्थापन नहुँदा सवारी आवागमनमा अप्ठेरो परिरहेको छ। विभागले अहिलेसम्म दूरसञ्चार, विद्युत् प्राधिकरणलगायतलाई बिजुलीको तार, पोल, ढल हटाउन पत्रचारसमेत गरेको छैन।

विभागका विकास सहयता कार्यान्वयन महाशाखा प्रमुख केशवकुमार शर्मा यस विषयमा बुझिरहेको बताए। विस्तारपूर्वक नेपाल पक्षले यी सबै हटाएर सहयोग गर्नुपर्नेहुन्छ। विभागले निर्माण थालेको तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको उक्त खण्ड ६ अर्ब लागतमा बन्ने अनुमान गरेको छ।
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement