सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा सञ्चालन

Advertisement

काठमाडौं ।  काठमाडौँको डिल्लीबजार स्थित आफ्नै भवनमा सिटिजन्स बैंकले बिहिवार  प्रदेश नं ३ को प्रादेशिक कार्यालय सञ्चालन गरेको छ ।  बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरे ।

प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । यस प्रदेशमा काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा शाखाहरु रहेका छन्।

प्रदेश नं ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २ लाख ६० हजार ग्राहकलाई  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश न ३ मा बैंकले करिव ५७ अर्व निक्षेप परिचालन गरी ४५ अर्व कर्जा प्रवाह गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement