कृषि विकास बैंकको २१.५३ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं ।  कृषि विकास बैंकले २१ दशमलव ५३ प्रतिशत  लाभांश दिने घोषणा गरेको छ ।


 बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ७२८ औँ बैठकमा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र १५ दशमलव ५३ नगद लाभांश दिने निर्णय गरेको हो ।


यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत  नगद लाभांश दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement