प्रभु बैंकको डेविट मास्टरकार्ड सार्वजनिक

काठमाडौं । प्रभु बैंकले मास्टरकार्डसँगको सहकार्यमा प्रभु बैंक डेविट मास्टरकार्ड सार्वजनिक गरेको छ ।

बैंकद्धारा जारि गरिएको यस कार्डले ग्राहकहरुलाई सुरक्षित डिजिटल कारोवारमा सहयोग पु¥याउने बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले बताए ।

unitednic

प्रभु बैंकले सहकार्य गरेको मास्टरकार्ड कम्पनीले हाल २ सय दश वटा भन्दा धेरै देशका उपभोक्ता, आर्थिक संस्था, सरकार तथा व्यवसायीहरुलाई सेवा दिदै आएको छ ।

यो साझेदारीबाट दुवै संस्थालाई फाइदा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन । त्यस्तै मास्टरकार्डका दक्षिण एशिया डिभिजन अध्यक्ष पोरुष सिंहले प्रभु बैंकसँगको सहकार्य निरन्तर र प्रभावकारी रुपमा अघि बढने बताए ।