१७ महिनादेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी गर्दै मन्त्री अर्याल

Advertisement

काठमाडौं। कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाएको १७ महिनापछि फुकुवा गर्ने तयारी गरिएको छ । गत वर्ष साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले कृषियोग्य जग्गाको खण्डिकरणमा रोक लगाउने निर्णय गरेका थिए।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्माृकुमारी अर्यालले कित्ताकाट फुकुवा सम्बन्धि निर्णय गर्न लागेको मन्त्रालय स्रोतले जानकारी दियो।

कित्ताकाट रोक्ने निर्णयबाट दाललहरु मालामाल हुने र सर्वसाधारणले अति आवश्यक परेको बेलामा पनि जग्गा बेच्न नसक्ने अवस्था सृर्जना भएको भन्दै चौतर्फी विरोध हुने गरेको थियो ।

कित्ताकाट रोकिँदा सर्वसाधारण जनताले जग्गा बेच्न दलालनै खोज्नुपर्ने तर दलालले भने स्थानीय प्रतिनिधि, मालपोत र नापी कार्यालयका कर्मचारीदेखि अदालतसम्म सेटिङ मिलएर जग्गा खण्डीकरण गरि बेच्दै आएका थिए।

संयुक्त नाममा पास भएका जग्गा अदालतमा गएपछि कानुन सम्मतनै कित्ताकाट गर्न पाउने भएपछि पछिल्लो समय १०—१५ जनाको संयुक्त नाममा जग्गा पास गर्ने र अदालतलाई प्रयोग गरि सम्बन्धित व्यक्तिको नाममा कायम गर्न कित्ताकाट गर्ने क्रम पनि बढेको थियो।

अर्याल गत साउन १० गते भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएकी थिइन्। मन्त्री नियुक्त भएको पाँच महिनापछी अर्यालले कित्ताकाट फुकाउने भएकी हुन्।

अब कित्ताकाट फुकुवा हुने भएपछि भने सर्वसाधारणले राहात पाउनुका साथै दलाल हरुको ठगी तथा नापी र मालपोत कार्यालायबाट हुने अनियमितता र भ्रष्टाचार कम हुने आँकलन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement