इन्टरनेट उर्फ डिजिटल डिभाईडको मानक

internet

इन्टरनेटको जालोले सिंगो विश्वलाई एउटा सानो गाउँमा रुपान्तरण गरेको छ । गुगलसर्च, भिडियो स्ट्रिमिङ, भिडियो कल, सोसल नेटवर्किङ, ई–एजुकेशन, ई–बैंकिङ, ई–गर्भनेन्स, ई–लाइब्रेरी, डिस्टे्यान्ट लर्निङ, भिडियो कन्फ्रेन्सिङ, टेलिमेडिसिन, ई–सपिङ, भर्चुअल अफिस, ओपन युनिभर्सिटीको अबधारणा इन्टरनेट कै कारण सम्भव भएको हो । ज्ञानमा आधारित समाज र ज्ञानमा आधारित उद्योग इन्टरनेट कै कमाल हो ।

स्मार्टफोनमा इन्टरनेट चलाउने सुविधा उपलब्ध छ । महत्वपूर्ण स्थानमा वाईम्याक्स हटस्पट स्थापना भएका छन् । ल्यान्डलाइन टेलिफोनमा एडियसएल व्रोडब्यान्ड इन्टरनेट उपलब्ध छ । घरसम्म फाईवर पुग्दो छ । शहरमा मात्र होईन, दूरदराजका बस्तीहरुमा समेत इन्टरनेटको पहुँच विस्तार हुँदो छ । परम्परागत ढर्रामा सञ्चालित ग्रामीण क्षेत्रका स्कुल तथा सामुदायिक संस्थाहरु इन्टरनेट साजसज्जा भएका छन् । तुजुकको कुरा के छ भने विकसित मुलुकको भन्दा विकासोन्मुख मुलुकमा इन्टरनेटको प्रयोग तीब्र छ । इन्टरनेटले ऐनिथिङ एन्ड एभ्रिथिङ इन इन्टरनेटको अवधारण सारभूत भएको छ । इन्टरनेट कै कारण स्मार्टसिटी, स्मार्टकार, स्मार्ट ट्राफिक सम्भव भएको छ । आगामी दिनमा हरथोक स्मार्ट बन्ने अपेक्षा छ । इन्टरनेटको कारण मानव जीवनमा नयाँ नयाँ आसाहरु पलाएका छन् । वास्तवमा इन्टरनेट युवापुस्ताको जीवनशैली बनिसकेको छ । मानव जीवनलाई सुखी, खुसी र सिर्जनशील बनाउन इन्टरनेट वरदान साबित हुँदो छ ।

united

सन् २००५ मा १८.५ प्रतिशत घरधुरीमा इन्टरनेट पुग्दा, यसको डेन्सिटी विकसित मुलुलकमा ४४.७ प्रतिशत र अतिकम विकसित मुलुकमा ०.३ प्रतिशत रहेको थियो । सन् २०१७ मा ५३.६ घरधुरीमा इन्टनरेट पुग्दा इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ८४.४ प्रतिशत र अतिकम विकसित मुलुकमा १४.७ प्रतिशत छ । आगामी पाँच बर्षमा थप तीन अर्ब मानिस इन्टरनेटमा अनुवन्धित हुने अनुमान छ । स्मरण रहोस, सन् २०१७ मा विश्वको जनसंख्या सात अर्ब ५९ करोड पुगेको छ ।

सन् २००५ मा इन्टरनेटको वैयक्तिक उपभोक्ता एक अर्ब दुई करोड र इन्टरनेट डेन्सिटी १५.८ प्रतिशत हुँदा विकसित मुलकमा ५१.३ प्रतिशत, विकासोन्मुख मुलुकमा ७.७ प्रतिशत र अतिकम विकसित मुलुकमा ०.८ प्रतिशत थियो । सन् २०१७ मा वैयक्तिक उपभोक्ता तीन अर्ब ५७ करोड र इन्टरनेट डेन्सिटी ४८ प्रतिशत पुग्दा बिकसित मुलकमा ८१ प्रतिशत, विकासोन्मुख मुलुकमा ४१.३ र अतिकम विकसित मुलुकमा १७.५ प्रतिशत छ ।

सन् २००५ मा अफ्रिकाका १.१ प्रतिशत, अरब मुलुकका ११.३ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रका ११.९ प्रतिशत अमेरिकाका ३३.१ प्रतिशत, कमनवेल्थ अफ इन्डिपेन्डेन्ड स्टेटका ११ प्रतिशत र युरोपका ४१.१ प्रतिशत घरधुरीमा इन्टरनेट सेवा पुगेकोमा यो आँकडा सन् २०१७ मा अफ्रिकामा १८ प्रतिशत, अरब मुलुकमा ४७.२ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ४८.१ प्रतिशत, अमेरिकामा ६५.३ प्रतिशत, कमनवेल्थ अफ इन्डिपेन्डेन्ड स्टेटमा ७०.४ प्रतिशत र युरोपमा ८४.८ प्रतिशत घरधुरीमा पुगेको छ ।

सन् २००१ मा चार प्रतिशत रहेको एक्टिभ मोवाइल ब्रोडब्यान्ड घनत्व सन् २०१७ मा ५६.४ प्रतिशत पुगेको छ । जबकी सोही समयमा फिक्स व्रोडब्यान्ड घनत्व ०.६ प्रतिशतबाट १३.१ प्रतिशत मात्र पुगेको छ । स्मरण रहोस्, सन् २०१७ मा एक्टिभब मोवाईल व्रोडब्यान्ड घनत्व विकसित मुलुकमा ९७.१ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा २२.३ प्रतिशत छ । त्यस्तै फिक्स ब्रोडब्यान्ड घनत्व विकसित मुलुकमा ३१ प्रतिशत हुँदा अतिकम विकसित मुलुकमा एक प्रतिशत मात्र छ ।

छयालिस करोड इन्टरनेट उपभोक्ता रहेको भारत विश्वको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ता रहेको मुलुक मानिन्छ । भारतमा इन्टरनेटको प्रयोग १९८६ देखि भएको भएता पनि प्रयोग अनुसन्धानको क्षेत्रमा सीमित थियो । सार्वजनिकरुपमा इन्टरनेटको प्रयोग सन् १९९५ अगष्ट १५ मा भएको हो । त्यसताका इन्टरनेटका उपभोक्ता १० हजार मात्र थिए भने औसत स्पिड ९.६ किलोबिट प्रतिसेकेन्ड थियो । सन् २०१६ जनवरीसम्ममा ४६ करोड २१ लाख इन्टरनेटका उपभोक्तामध्ये २७ प्रतिशत टुजीका उपभोक्ता थिए, जुन कुल जनसंख्याको ४६.२ प्रतिशत र विश्व इन्टरेनट उपभोक्ताको १४ प्रतिशत हो । भलै भारतमा थ्रिजी तथा फोरजीको वहार आएको ठानिएता पनि सेवा प्रदायक संस्थाहरुले कबुल गरेअनुरुप स्पिड उपलब्ध गराउन चुकेका छन् । सन् २०१६ जुलाईमा गरिएको सर्वेक्षणअनुसार औपात स्पिड एअरटेलको ४.५३ एमबिपिएस, आईडीईएको २.९२ एमबिपिएस, भोडाफोनको २.४६ एमबिपिएस मात्र थियो । अझ बिएसएनएल, एमटिएनएलको स्पिड त्यो भन्दा पनि नाजुक थियो । खासमा कुनै पनि सेवा प्रदायकहरुको स्पिड १० एमपिपसिएर थिएन । जबकी थ्रिजीको मानक स्पिड ३.६ एमबिपिएसदेखि २१ एमबिपिएससम्म र फोरजीको मानक स्पिड १० देखि ५० एमबिपिएस हुनुपर्दथ्यो । भारतीय टेलिभिजन ‘जिन्युजले’ ४६ करोड उपभोक्ता इन्टरनेटको स्पिडबाट ठगिएको भन्दै धज्जी उठाएको थियो ।

त्रिहत्तर करोड १० लाख इन्टरनेटका उपभोक्ता रहेको चीन विश्वको सर्वाधिक इन्टरनेट प्रयोगकर्ता रहेको मुलुक मानिन्छ । चीनमा इन्टरनेटको प्रयोग सन् १९८९ मेबाट भएको भएता पनि सार्वजनिकरुपमा सन् १९९४ अप्रिल २० देखि प्रयोग भएको पाईन्छ । अहिले चीनमा ५३ प्रतिशत जनसंख्या इन्टरनेट पहुँचकमा छन् । यो हिस्सा विश्व इन्टरनेट प्रयोगकर्ताको २२ प्रतिशत हो । सन् २०१७ मा इन्टरनेटको औसत स्पिड प्रतिसेकेन्ड लवासमा ३.८ मेगाविट, फिलिपिन्समा ४.५ मेगावाट, बुन्राईमा ५.६ मेगाविट हुँदा चीनमा ६.३ मेगाविट रहेको छ । स्मरण रहोस, चीनले इन्टरनेटको क्षेत्रमा ५० प्रतिशत बाह्य लगानी खुला गरेको छ । यति मात्र होइन, सन् २०२० भित्रै फाइभजी टेक्नोलोजी पस्कने उद्देश्यले यसक्षेत्रमा छ हजार मिलियन अमेरिकी डलर खर्चिरहेको छ ।

विश्वव्यापीरुपमा मौलाइरहेको इन्टनेटको प्रभावबाट नेपाल अछुतो रहन सम्भव थिएन । उक्त प्रभावबाट बच्न नसक्दा आजभन्दा १७ वर्ष पूर्व अर्थात सन् २००० मा नेपालमा इन्टरनेट सेवा सेवा प्रारम्भ भएको थियो । अहिले नेपाल टेलिकम, ऐनसेल र निजी इन्टरनेस सेवा प्रदायकहरुले डायलअप, वायरलेस मोडेम, भि–स्याट, अप्टिकल फाइबर, इथरनेट, केवल मोडेम, एडियसएल, जिपिआरएस, इडिजिई, डब्लुसिडिएम, इभिडिओ, वाईम्याक्स आदि प्रविधिबाट इन्टरनेट सेवा पस्किएको छन् । सेवा, न्यारोब्यान्ड–व्रोडब्यान्ड, थ्रिजी, फोरजी, वायरलाईन–वायरलेस, लिमिट–अनलिमिडेट आदि विभिन्न प्रविधि र प्याकेजमा पस्किएको छ । हाल इन्टरनेटको पहँुच ७५ वटै जिल्लामा पुगेको छ । इन्टरनेटका कूल उपभोक्ता पछिल्लो एक वर्षमा ७.५८ प्रतिशले वृद्धि भई २०७४ भाद्रसम्ममा एक करोड ६३ लाख ५७ हजार पुगेका छन् । तथापि समष्ठिगत टेलिडेन्सिटी १३८.०७ प्रतिशत पुग्दै गर्दा इन्टरनेट डेन्सिटीे भने ६१.५८ प्रतिशत मै सीमित छ ।

इन्टरनेटका कारण सूचना प्रविधि मौलाउन पाएको छ । इन्टरनेटको कारण म्यासेन्जर, इमो, भाइबर सम्भव भएको छ । म्यासेन्जर, भाइबरका कारण फिक्स टेलिफोन तथा सेलुलर मोवाईलबाट हुने भ्वाईसकलको खर्च बचत भएको छ । इन्टरनेटको कारण फेसबुक, ट्वीटर जस्ता साझा सामाजिक प्लेटफर्म उपलब्ध भएका छन् । भागदौड र व्यस्तताका बीच पनि सामाजिक चहलपहल र नातागोतासँगको सम्बन्धबाट नयाँ पुस्ता बन्चित हुनु परेको छैन् । व्यस्तता र भागदौडमा पिल्सिएको जीवनका लागि यो कम्ति ठूलो सहुलियत होईन ।

इन्टरनेट र एन्ड्रोइड टेक्नोलोजिको कारण आर्टिफिसियल इन्टेजेन्सी, गुगलिङ वा क्लाउड सम्भब भएको छ । कागजबिहीन कार्य (पेपरलेस वर्क), भर्चुयल मार्केट प्लेस र साईबर प्राप्त इन्टरनेटको कारण प्राप्त भएको हो । इन्टरनेटको कारण समय, पैसा, मसी र कागज बचत भएको छ । स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राईभिङ इन्टरनेट कै कमाल हो । इन्टरनेटका कारण आम मानिसको दिनर्चा दिनानुदिन स्र्माट बन्दो छ । आम नागरिक स्मार्ट बन्नु भनेको गरिबी, पछौटेपनले छुटकारा पाउनु हो ।

इन्टरनेटको कारण क्लाउड जस्तो अमूल्य निधि प्राप्त भएको छ, जहाँ हरेक किसिमका सूचना संचय, सुरक्षा प्राप्त गर्न सम्भव छ । यहाँसम्म कि क्लाउडको उपयोग गरी कैयौं अर्बपति बनेका छन् । फेसबुकका संस्थापक मार्क जुगरबर्ग, ट्वीटरका प्रमुख ज्याक मोर्सले त्यसका ताजा प्रमाणहरु हुन । भविष्यमा क्लाउड अझ उपयोगी हुने निश्चित छ । क्लाउड मानब जीवनको हितार्थ उपयोग हुनु कम्ति रोचक कुरा होईन ।

इन्टरनेट र स्मार्ट टेक्नोलोजीका कारण टेलिमेडिसिन, सोसल नेटवर्क, लोकेशन फाइन्डिङ, गुगलिङ, ट्रान्सलेशन, अनलाईन सपिङ, इ–बैंकिङ, इ–ट्रेड, इ–विजनेश, इ–हेल्थ, इ–गर्भनेन्स, इ–कमर्श, इ लर्निङ सम्भव भएको छ । मौसम जान्न, भाषा परिवर्तन गर्न, मिति जानकारी लिन, कुनै चिजको अर्थ पहिचान गर्न, कुनै चिज प्रयोग गर्ने तरिका पहिल्याउन, ताजाताजा विश्व घटनाहरुबारे साक्षातकार हुन इन्टरनेट भरपर्दो, किफायती र चुस्त साधन बनेको छ । वस्तुतः इन्टरनेट विनाको दुनिया अब अकल्पनीय जस्तै भएको छ ।

फेसबुकमार्फत सामाजिक सञ्चालमा आबद्ध हुन, युट्युबमा भिडियो होस्टिङ गर्न, भाईबर, इमो वा म्यासेन्जरमार्फत भिडियो कल गर्न, विकिपिडियामा अपलोड गरिएका आर्टिकल अध्ययन गर्न, गुगलमार्फत कुनै कुरा जाँच पडताल गर्न बेग्लै मुल्य चुकाउनु पर्दैन । इन्टरनेटको महशुल चुकाए मात्र पुग्छ । जबकी इन्टरनेट र एप फरक फरक कुराहरु हुन । स्मरण रहोस, इन्टरनेटले अति दुर्लभ, अति महंगा सूचना तथा तथ्यहरु अति सिघ्र र सस्तो मूल्यमा उपलब्ध गराउने ल्याकत राख्दछ । इन्टरनेटले पस्कने सूचना तथा तथ्यको उपादेयताको तुलनामा चुकाइएको महशुलको मूल्य अति नगन्य हो ।