सुनको मूल्य अस्थिर, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६० हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर आज ६० हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य आठ सय ७० रुपिपयाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा पाँच रुपियाँले घटेर सात सय ६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय १५ रुपियाँ पाँच पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement