सामसङसँग जुनसुकै ब्राण्डका पुराना टिभी साट्न पाइने

Advertisement

काठमाडौं । सामसङ प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसङ्ग एलईडी टिभीसँग साट्न सकिनेछ ।

ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नेछन् । पुष २६ गतेदेखि जारी रहेको यो योजना माघ ४ गतेसम्म मात्र लागू हुनेछ ।

यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिने कम्पनिले जनाएको छ । यो योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नँयाबजारको सामसङ्ग प्लाजामा मात्र लागू गरिएको छ ।

 

Advertisement

Advertisement

Advertisement