सेयर बजारको सप्तारम्भ शुभ रहेन, नेप्सेमा ५ अंकको गिरावट

Advertisement

काठमाडौं । सातको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सेयर बजार परिसुचक नेप्से ५ दशमलव ७८ अंकले घटेको छ भने कारोबार ३७ करोड २९ लाख रुपियाँमा सीमित भएको छ ।

आज उत्पादनमूलक र अन्य समूहमा सामान्य सुधार देखिए पनि बाँकी समूहका उपसुचकहरुमा गिरावट भएको छ । बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव ६२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीको उपसुचक एक दशमलव २६ प्रतिशतले घटेको छ ।

सेयर किनबेच थोरै हुँदा पनि नेपाल बैंकको ११ करोड ५९ लाख रुपियाँको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार हुनेमा एनआइसी एसियाको दुई करोड ८७ लाख रुपियाँ छ ।

आज धेरै नाफा गर्नेमा ओमी माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा भार्गव विकास बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement